पूर्व वडाध्यक्षविरुद्ध १५ लाखको भ्रष्टाचार मुद्दा

लोकप्रिय

काठमाडौँ, साउन १२ गते । धनुषाको विदेह नगरपालिका वडा नंं. ५ का पूर्व वडा अध्यक्ष विजयकुमार यादवविरुद्ध १५ लाख नौ हजार २५० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादवले धनुषा, विदेश नगरपालिका वडा नंं. ५ मा प्राप्त एम्बुलेन्स निजी प्रयोगमा लगाइ आफूखुसी भाडा शुल्क उठाइ सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।

२०७७ असोज १४ को सम्झौताबाट वडाबासीलाई सेवा सुविधा उपलब्ध गराउन भनी निःशुल्करुपमा एम्बुलेन्स प्राप्त गरी उक्त एम्बुलेन्स वडा कार्यालयको जिन्सी विवरणमा समेत आम्दानी नबाँधी आफ्नै नियन्त्रणमा राखी एम्बुलेन्स सेवा सञ्चालन गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो १५ लाख नौ हजार २५० रुपियाँ कायम गरी कैद र बिगो बमोजिम जरिवाना हुन मागदाबी लिइ मङ्गलबार विशेष अदालत, काठमाडौँमा अरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

ताजा समाचार

Related Articles