गिरिबन्धु टी–स्टेटको फाइल खोल्न चुनौती

लोकप्रिय

काठमाडौँ, असोज १८ गते ।

 नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी–स्टेटको फाइल खोल्न सरकारलाई चुनौती दिनुभएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा एमाले बागमती प्रदेशको शपथग्रहण तथा कार्यभार हस्तान्तरण समारोहमा उहाँले सो चुनौती दिनुभएको हो । 

उहाँले भन्नुभयो, ‘गिरिबन्धु टी स्टेटको फाइल खोल्नुपर्छ भन्नेहरूले खोले हुन्छ । फाइल खोल्ने नै जेल जानसक्छ ।’ सार्वजनिक सम्पत्ति छलछाम गरेर खल्तीमा हाल्ने नीतिमा एमाले कहिल्यै नलागेको र भविष्यमा पनि नलाग्ने उहाँले बताउनुभयो । 

एमाले पार्टी सुन तस्करीमा लाग्ने पार्टी नभई देश बनाउने पार्टी भएको उहाँले चर्चा गर्नुभयो । अहिले देशको आर्थिक अवस्था जर्जर भएको बताउँदै उहाँले एमाले नेतृत्वको सरकारले मात्र देशको अर्थतन्त्र सुधार्न सक्ने दाबी गर्नुभयो । अध्यक्ष ओलीले ललिता निवास प्रकरणमा एमालेलाई मुछ्न भनेर सत्तारुढ दल लागिपरे पनि आफैँ मुछिने अवस्था आएपछि घटना सेलाएको बताउनुभयो ।

ताजा समाचार

Related Articles