प्रदेशलाई आत्मनिर्भर बनाउने नीति लिएका छौ 

लोकप्रिय

हेटौँडा, असोज २० गते ।

 बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने नीतिसहित काम गरिरहेको बताउनुभएको छ । उहाँले प्रदेशलाई आत्मनिर्भर बनाउन कृषिलगायतका क्षेत्रमा काम गरिरहेको भन्दै आत्मनिर्भर अर्थतन्त्रका लागि उद्योग कलकारखाना स्थापना आवश्यक भएको बताउनुभयो ।

बागमती प्रदेश उद्योग परिसङ्घको साधारणसभा तथा दोस्रो अधिवेशनको शनिबार हेटौँडामा उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले पछिल्लो समयमा व्यावसायिक कृषिमा जोड दिएको बताउनुभयो । 

मुख्यमन्त्री जम्कट्टेलले विगतमा व्यक्तिलाई कृषिक्षेत्रको अनुदान दिँदा उत्पादन पनि नबढेको र कृषि क्षेत्रको लगानीको अनुपातमा विकास नभएको भन्दै अब प्रदेशले सामुहिक कृषिखेती र आवश्यकताका आधारमा कृषिमा अनुदान दिने नीति लिएको बताउनुभयो । उहाँले औद्योगिक क्षेत्र प्रदेशको मातहतमा नरहेको भन्दै प्रदेशले दक्ष जनशिक्त उत्पादनका लागि अध्यापनमा जोड दिने बताउनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले चर्को व्याजदरल गायतका समस्या उद्योग क्षेत्रमा रहेको भन्दै उद्योग क्षेत्रको समस्या समाधानमा सरकार सकारात्मक बन्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश उद्योग परिसङ्घका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवाल, परिसङ्घका वरिष्ठ उपाध्यक्ष लेखराज पोखरेललगायतले उद्योगीको समस्या समाधानमा तीनै तहका सरकार सकारात्मक हुनुपर्ने बताउनुभयो । 

ताजा समाचार

Related Articles