हेटौँडा, फागुन २२ गते ।
बागमती प्रदेश विश्वविद्यालयले आगामी भदौबाट पठन पाठन सुरु गर्ने गरी तयारी थालेको छ ।
विश्वविद्यालयको वेबसाइटको मुख्ममन्त्री कार्यालयमा बुधबारभएको शुभारम्भ कार्यक्रममा आगामी भदौबाट पठनपाटन सुरु गर्ने गरी तयारी गरिएको जानकारी गराइएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले विश्वविद्यालयको वेबसाइटको शुभारम्भ गर्नुभएको थियो ।
विश्वविद्यालयका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले विश्वविद्यालयले अध्यापनका लागि वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गर्दै एक महिनाभित्र सक्ने बताउँदै पूर्व निर्धारित क्यालेण्डर अनुसार विश्वविद्यालयको चल्ने जानकारी दिनुभयो ।
उहाँले विश्वविद्यालयमा सबै किसिमको व्यावसायिक र प्राविधिक विषयमात्र पठन पाठन हुने बताउँदै रोजगारमूलक र स्वरोजगार बन्ने विषय अध्यापन गराइने योजना रहेको सुनाउनुभयो ।
विश्वविद्यालयले अन्तिम समेस्टरमा सबै विद्यार्थी इन्टर्नमा रहने गरी योजना बनाउँदै छ यहाँले भन्नुभयो आगामी आन्तरिक तयारी पूरा भएसँगै आगामी भदौदेखि पठनपाठन सुरु गर्ने छौँ ।
हेटौँडामा केन्द्रीय कार्यालय रहेको बागमती प्रदेश सरकारको सार्वजनिक विश्वविद्यालय प्रदेश विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) चल्ने छ ।
बोर्ड अफ ट्रस्टीले नीति नियम र योजना बनाउने छ भने कार्यकारी परिषद् र प्राज्ञिक परिषद्ले कार्यान्वयन गरी प्रदेश सरकारको सार्वजनिक विश्वविद्यालय सञ्चालन हुने अध्यक्ष पौडेलले बताउनुभयो ।
विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय, व्यवस्थापन तथा कानुन संकाय र शिक्षा तथा सामाजिक विज्ञान संकाय रहेको छ ।
मुख्यमन्त्री लामाले बागमती विश्वविद्यालय प्रदेशको गौरवको योजनाभएको सुनाउँदै सरकारले सिपमूलक र रोजगारमूलक शिक्षामा जोड दिएको बताउनुभयो ।
कार्यक्रममा विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदी, बागमती प्रदेश सरकारका सचिव, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विनोद शाहलगायतका उपस्थिति रहेको थियो ।