काठमाडौँ । संघीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गरेकामा नेपाल पत्रकार महासंघले ध्यानाकर्षण जनाएको छ ।
प्रश्न सोधेका आधारमा संघीय संसद् सचिवालयले श्रेष्ठ र ओलीको संसद् प्रवेशस पास निलम्बन गरेको पत्रकार महासंघको भनाई छ ।
महासंघले आज प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपाललाई भएको भन्दै काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्बन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद्लाई भनेको छ ।