बागमती प्रदेशमा डेङ्गु सङ्क्रमित दुई हजार नाघ्यो

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २५ गते
बागमती प्रदेशमा डेङ्गु रोग सङक्रमितको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा बिहीबार १०६ जना डेङ्गु रोग सङक्रमित थपिएसँगै यस प्रदेशमा डेङ्गु रोग सङक्रमित सङ्ख्या दुई हजार १७४ पुगेको हो । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार यस प्रदेशमा सबैभन्दा बढी धादिङ जिल्लामा डेङ्गु सङक्रमित एक हजार ४९३ जना रहेका छन् । यस प्रदेशमा बुधबार ९६ जना डेङ्गुका नयाँ रोगी भेटिएका थिए । मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालका अनुसार प्रदेशका १३ वटै जिल्लामा डेङ्गु रोगको सङक्रमण फैलिएको छ ।
यस प्रदेशमा गत जनवरी यता काठमाडौँमा १९२, ललितपुरमा ९७, भक्तपुरमा ७३, नुवाकोटमा ६२, रामेछापमा ३७, चितवन ७२, मकवानपुरमा ६४, काभ्रे २९, सिन्धुली १९, रसुवा पाँच, दोलखा सात र सिन्धुपाल्चोकमा ११ जनामा डेङ्गु सङ्क्रमण भएको छ ।

ताजा समाचार

Related Articles