हेटौँडा, फागुन २४ गते ।
हेटौँडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शनिबार चार क्वाटर फाइनल खेल सम्पन्न भएको छ ।
हेटौडा ४ मा रहेको हुप्राचौर खेलमैदानमा शनिबारको पहिलो खेलमा बानेश्वर भेट्रान्सले एबिसी भेट्रान्स पोखरालाई ट्राईब्रेकरमा पराजित गर्न सफल हुँदै सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित समयमा दुवै समूहबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रकरमा ३–२ दुई गोल अन्तरमा बानेश्वर भेट्रान्स विजयी भएको हो ।
खेलको म्यान अफ द म्याच बानेश्वर भेट्रान्सका खेलाडी राजनलाल नेपाली घोषित हुनुभयो । दोस्रो क्वाटरफाईलन खेलमा किङकम भेट्रान्स विजयीभएको छ । किङकम भेट्रान्सले बगर भाईखलक भेट्रान्सलाई ३–० गोल अन्तरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । खेलमा किङकम भेट्रान्सको तर्फबाट खेलको २० औँ मिनेटमा सञ्जय रानाले , ४१ र ४८ औँ मिनेटमा सरोज थापाले दुई गोल गर्दै समूहलाई विजयी बनाउनुभएको थियो ।
खेलमा म्यान अफ द म्याच थापा घोषित हुनुभयो ।
यस्तै तेस्रो क्वाटर फाइनल खेलमा नागस्वती भेट्रान्सलाई २–० गोल अन्तरमा पराजित गर्दै फ्रिडम फाइटर भेट्रान्स विजयी भएको छ । फ्रिडमको तर्फबाट खेलको १३ औँ मिनेटमा कृष्ण मालाकारले र ४१ औँ मिनेटमा तेजबहादुर गलामीले गोल गर्दै समूहलाई सेमिफाइनल प्रवेश गराउन सफल हुनुभयो । खेलको म्यान अफ द म्याच फ्रिडम भेट्रान्सका तेज बहादुर गलामी घोषित हुनुभयो ।
साथै चौथो क्वाटर फाइनल खेलमा बौद्ध भेट्रान्स र हेटौँडा भेट्रान्स बराबरीमा टुङ्गिएको छ । निर्धारित समयमा दुवै समूहबाट एक एक गोल भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । समय अभावका कारण यी दुई समूहबिचको ट्राई ब्रेकर आइतबार बिहान साढे आठ बजे हुने प्रतियोगिता संयोजक मणिराज गौतमले बताउनुभयो । आइतबार दिउँसो २ बजे बानेश्वर भेट्रान्स र फ्रिडम फाइटर बिच पहिलो सेमिफाइनल तथा दोस्रो सेमिफाइनल खेल किङकम भेट्रान्स काठमाडौँले हेटौँडा र बौद्ध भेट्रान्स बिचको विजयी समूहसँग खेल्ने छ ।