हेटौँडा, फागुन २५ गते ।
मकवानपुरको बागमती गाउँपालिकाले आफ्नै लगानीमा रङ्गशाला निर्माण गरेको छ ।
गाउँपालिकाले वडा नं. ४ स्थित झुरझुरेमा स्थानीयस्तरमा सहिद स्मृति रङ्गशाला निर्माण गरेको हो ।
२२ हजार ४२५ वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिएको रङ्गशालामा
दुई हजार पाँच सय दर्शक क्षमताको प्याराफिटसँगै फेन्सिङ वायरसहितको घेराबार, चेन्जिङ, शौचालयलगायतका संरचना रहेका छन् ।
गाउँपालिकाले चार करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरी ठेक्का आव्हान गर्नुका साथै दुई करोड बराबराको स्थानीयले जनश्रमदान गरेको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ ।
खेल मैदान निर्माणमा पालिकाको उपकरण प्रयोगसँगै विद्यार्थी कर्मचारी, जनप्रतिनिधि, स्थानीय बासिन्दा गरी एक हजार जनाले रङ्गशाला निर्माण जनश्रमदान गरेको समितिका अध्यक्ष रहरसिं थिङले जानकारी दिनुभयो । सुविधा सम्पन्न खेलमैदान निर्माणपछि स्थानीय खेलप्रेमीलाई ठुलो खेल मैदान हेर्न अन्यत्र जानुपर्ने अवस्थाको अन्त्यभएको छ ।
साथै सातौँ सस्करणको बागमती गोल्डकप राष्ट्रिय प्रतियोगितासमेत सोही रङ्गशालामाभएको छ । यसअघिको प्रतियोगिता जनतामावि फापरवारीमा हुँदै आएको थियो ।