जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

लोकप्रिय

चितवन,  फागुन २५ गते ।

पूर्वी चितवनमा जङ्गली हात्ती गोविन्देको  आक्रमणबाट खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका–७ का ३५ वर्षीय सुरेश महतोको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार रत्ननगर –७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई शनिबार हात्तीको आक्रमण गरेको हो । जङ्गली हात्ती गोविन्देको आक्रमणबाट महतोको घटनास्थलमा नै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

 

ताजा समाचार

Related Articles