महालक्ष्मी बैंकद्वारा छात्रवृत्ति प्रदान

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार २० गते । महालक्ष्मी विकास बैंकले हेटौँडा उपमहानगरपालिका १ स्थित अमर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा सुमिना लामिछानेलाई छात्रवृत्ति प्रदान गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत लामिछानेलाई ५० हजार रुपियाँ बराबरको छात्रवृत्ति प्रदान गरेको हो ।
विगत ३२ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न तथा जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छात्रवृत्ति वितरण कार्यक्रममा जानकारी गराइएको थियो । छात्रवृत्ति रकम बैंकका बागमती प्रदेश प्रमुख शम्भु पराजुलीले हस्तान्तरण गर्नुभयो ।

बैंकका संस्थापक अशोक श्रेष्ठकोे स्मृतिमा स्थापित् छात्रवृत्ति सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पु¥याउने उद्देश्यका साथ प्रदान गर्दै आएको छ ।
बैंकले कक्षा ८ देखि १० सम्म तीन शैक्षिक सत्रमा प्रत्येक वर्ष पचास हजार रुपियाँका दरले छात्रवृत्ति प्रदान गर्दैै आएको छ ।
बैंकले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमबाट विद्यार्थीहरुलाई आर्थिक अभावकै कारण अध्ययनमा वञ्चित हुनुपर्ने बाध्यताको अन्त्य गर्न सहयोग पुग्ने जनाइएको छ ।
महालक्ष्मी विकास बैंक हेटौंडा शाखाका प्रमुख अनन्तराज धितालकोे अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जानकी गिरी, समितिका सदस्यहरु मानबहादुर लामा, धनबहादुर तामाङ, विमला थापा, वसन्त अर्याल, प्रधानाध्यापक मालती उप्रेती, सहायक प्रधानाध्यापक डीबी बर्तौलालगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles