कान्ति लोकपथ र सिस्नेरी सडक अबरुद्ध

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २८ गते ।
मकवानपुर जिल्लामा भएको अविरल वर्षापछि आएको पहिरोका कारण कान्ति लोकपथ र भीमफेदी हुँदै कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ भएर काठमाडौँ जोड्ने सडक अबरुद्ध भएको छ ।
शनिबार रातिबाट भएको वर्षापछि उता कुलेखानी–सिस्नेरी–काठमाडौँ मार्गको मकवानपुर ईन्द्रसरोवर गाउँपालिका २ छेपारेस्थित सडक खण्डमा वर्षाको कारणले पहिरो खसेर उक्त माग अबरुद्ध बनेको छ ।
प्रहरीका अनुसार आइतबार बिहान ७ः४५ बजेको समयमा आएको पहिरो अधिक वर्षाका कारण तत्काल पन्छाउने अवस्थामा रहेको छैन ।
यस्तै ईन्द्रसरोवर गाउँपालिका ३ भालुडाँडास्थित सडक खण्डमा आइतबर विहान अत्याधिक वर्षाका कारणले पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय सडक अबरुद्ध भएको हुँदा उक्त सडक खण्ड हुँदै जाने सवारी साधनहरु वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।
कान्ति लोकपथको ललितपुरतर्फको सडक खण्डमा अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो ।
बनेको हो ।
उता पहिरो खसेर अवरुद्ध बनेको त्रिभुवन राजपथ सुचारु भएको छ ।
त्रिभुवन राजपथको भीमफेदी गाउँपालिका ९ स्थित लामिडाँडामा पहिरो आएर राजपथ आइतबार बिहानैबाट अबरुद्ध बनेकोमा पहिरो पन्छाएर दिउँसोबाट सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ताजा समाचार

Related Articles