काठमाडौँ, वैशाख २२ गते । सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गतेका लागि बैठक आह्वानको सिफारिस गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।

उहाँका अनुसार दुवै सदको बैठक बैशाख २८ गते दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ। सरकारले पठाएको ८ वटै अध्यादेश राष्ट्रपतिले जारी गरेलगत्तै सरकारले संसद बैठक आह्वानका लागि सिफारिस गरेको हो ।

यसअघि वैशाख १७ गतेबाट आह्वान गरिएको संसद बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको थियो