हेटौँडामा ‘सीएमसी हेटौँडा’ अस्पताल निर्माण गरिँदै

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २२ गते । चितवन मेडिकल कलेजले हेटौँडा उपमहानगपालिका वडा नं. ४ मा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने भएको छ ।
दुई अर्ब रुपियाँको लागतमा निर्माण हुने ‘सीएमसी हेटौँडा’ अस्पतालको शिलान्यास गरिएको छ ।
चितवन मेडिकल कलेज (सिएमसी) का अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रताप देवकोटाले १९ कठ्ठा जग्गामा निर्माण हुने अस्पताल एक सय शय्याको हुने जानकारी दिनुभयो । उहाँका अनुसार अस्पताल एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने योजना रहेको छ ।

अस्पतालमा आकस्मिक कक्षसँगै सिटी स्क्यान, आइसीयू, एनआईसीयू, पीआईसीयू, मोडुलर ओटी, क्याथ ल्याबसहित सुपरस्पेसलिष्ट सेवा सञ्चालन गरिने भएको छ ।
मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, सिराहालगायतका जिल्लालाई लक्षित गरी अस्पताल सञ्चालन गर्न लागिएको हो ।
अध्यक्ष देवकोटाले मकवानपुर आसपासका जिल्लाका बिरामीलाई सम्पूर्ण सेवा उपलब्ध गराउने र अन्यत्र उपचारका लागि जानुपर्ने अवस्थाको अन्त्य गर्ने योजनासहित अस्पताल निर्माण गर्न लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, हेटौँडामा उपचारका लागि बिरामीहरू आएपछि चितवन वा काठमाडौँ जानुपर्ने अहिलेको बाध्यता अन्त्य गर्ने गरी सबै प्रकार सेवा प्रदान गरिने छ ।
सीएसमीले हेटौँडामा सीएमसी चुरे हिल अस्पताल सञ्चालन गर्दै आएको छ ।

ताजा समाचार

Related Articles