समाजवादी मोर्चाले काठमाडौँमा जनसभा गर्ने

लोकप्रिय

काठमाडौँ । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा जनसभाको आयोजना गर्ने भएको छ ।
विपक्षी चार दलको समाजवादी मोर्चाको आज काठमाडौँमा बसेको बैठकले १५ गतेको जनसभा गर्ने निर्णय गरेको हो ।
समाजवादी मोर्चाले राजावादीहरूको सक्रियतालाई गम्भीर र परिस्थिति जटिल बनाउने कसरत भनेर निष्कर्ष निकालेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले देशको परिस्थिति जटिल बनाउने प्रयास भइराखेकाले गणतन्त्र पक्षमा मोर्चाले प्रदर्शन गर्न लागेको जानकारी दिनुभयो ।

प्रदर्शनका लागि बुद्धिजीवी र नागरिक समाजसँग शनिबार बिहान ११ बजे छलफल गर्ने र छलफल सकिए लगत्तै पत्रकार सम्मेलन गरी चैत १५ को कार्यक्रमबारे जानकारी दिने निर्णय मोर्चाले गरेको छ ।

राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षाका लागि अन्य दलसँग पनि छलफल गर्ने निर्णय मोर्चाले गरेको छ ।

ताजा समाचार

Related Articles