गणतन्त्रले दिएका अधिकारको गलत प्रयोग भयो

लोकप्रिय

पाल्पा । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गणतन्त्रले दिएका अधिकारको गलत प्रयोग भएको बताउनुभएको छ ।

पाल्पाको सदरमुकाम तानसेनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री सिंहले प्राप्त अधिकार लिँदै गर्दा आफूले पूरा गर्नुपर्ने कर्तव्य र जिम्मेवारी पूरा गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले प्राप्त अधिकारलाई संवेदनशील भएर जोगाई राख्नुपर्ने धारणा राख्नुभयो  ।

ठूलो त्याग र तपस्याबाट अधिकार प्राप्त भएको बताउँदै उहाँले लोकतन्त्रले दिएका सकारात्मक पक्षहरूको प्रचार नभएको गुनासो गर्नुभयो ।

उहाँले देशका सबै आन्दोलनको काँग्रेसले नै नेतृत्व गर्ने भएकाले सबै पार्टी पङ्क्तिलाई अग्र भागमा रहेर नेतृत्व लिन आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री सिंहले पछिल्लो समय चाहिँदो नचाहिँदो प्रचारबाजीले समाजमा सही सन्देश नजाने बताउनुभयो । राजनैतिक स्थिरता नभई देश समृद्ध बन्न नसक्ने भएकाले राजनैतिक स्थिरताका लागि एमाले र काँग्रेसको सरकार बनेको उहाँले उल्लेख गर्नुभयो ।

ताजा समाचार

Related Articles