२२ औँ आइटिएफ विश्व च्याम्पियनसिपमा चार खेलाडी

लोकप्रिय

खासकुरा संवाददाता
काठमाडौँ, साउन ३२ गते
नेपालका चार खेलाडीले काजकिस्तानमा हुने २२औँ आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन् ।
आगामी अगस्ट १८ देखि २७ तारिखसम्म काजकिस्तानको अस्तानामा २२औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिप सुरु हुँदै छ । नेपालका दुई पुरुष र दुई महिला खेलाडीले फाइटतर्पm प्रतिस्पर्धा गर्न लागेका हुन् । महिला ४७ केजी तौलसमूहमा रुबिका खड्का र ५२ केजीमा सुस्मिता थापाले प्रतिस्पर्धा गर्नु हुनेछ । पुरुषमा पुकार केसीले ६४ केजीमुनि र अजय बुढामगरले ६८ केजी तौलसमूहमा नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्दै हुनुहुन्छ । रुबिकाले यसै महिना भारतमा सम्पन्न दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा दुई स्वर्ण पदक जित्नुभएको थियो ।
विश्व च्याम्पियनसिपका लागि नेपाली टोलीको प्रशिक्षकमा रूप सिं मोक्तान र टिम अफिसियलमा घमबहादुर थापा र विक्रम बाठामगर रहनुभएको छ । नेपाल आइटिएफ महासङ्घका निर्वतमान अध्यक्ष एवं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघका उपाध्यक्ष अन्जन धमला नेपाली टोलीको प्रमुख हुनुहुन्छ । एसियाली आइटिएफ महासंघका कार्यकारी सदस्य तथा राष्ट्रिय खेलकुद परिषद्(राखेप) का बोर्ड सदस्यसमेत रहनुभएका धमलाले उक्त विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका पनि निर्वाह गर्नु हुनेभएको छ ।
काजकिस्तानमा हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन जाने ८ सदस्यीय नेपाली टोलीलाई बुधबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिदाइ गर्नुभएको थियो । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले पछिल्ला समय नेपाली खेलकुदको विकास भइरहेको उल्लेख गर्दै त्यसमा नेपाली खेलाडीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले उच्च मनोबलका साथ खेल्न नेपाली खेलाडीलाई शुभकामना दिँदै सरकारले पनि खेलकुद विकास आवश्यक पर्ने काम खेलाडीहरूकै सल्लाह अनुरूप गर्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

ताजा समाचार

Related Articles