चालु आवको तीन महिना बाँकी हुँदा हेटौँडा उपमहानगरको ४२ प्रतिशत मात्र खर्च

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १ गते ।
हेटौँडा उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिना बाँकी हुँदा चालु आवका लागि विनियोजित बजेटको ४२ प्रतिशत मात्र खर्चभएको छ ।     
चालु आवमा कुल अनुमान गरिएको व्ययतर्फ गत चैत २८ गतेसम्ममा ४२.२३ प्रतिशत अर्थात् ९६ करोड १७ लाख ८२ हजार ६७९ रुपियाँ खर्च भएको हेटौँडा उपमहानगरपालिकाको ६३ औँ कार्यपालिका बैठकमा जानकारी गराइएको हो ।
यस्तै चालु आवमा कुल अनुमान गरिएको आयतर्फ संघीय सरकारबाट प्राप्त अनुदान, प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक श्रोत गरी ५५.९८ प्रतिशत अर्थात् एक अर्ब ५९ करोड २२ लाख ५० हजार ५७२ रुपियाँ आम्दानीभएको हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपालेले जानकारी दिनुभयो ।
हेटौँडा उपमहानगरपालिकाको गत पुसको पहिलो साता सम्पन्न १६ औँ नगर सभाले संशोधनसहितको दुई अर्ब ७२ करोड रुपियाँको बजेट पारित गरेको थियो ।
आठ महिनाको अवधिमा विनियोजित बजेटमा कुल अनुमान गरिएको व्यय तर्फ ३२.३८ प्रतिशत अर्थात् ७४ करोड चार लाख ६१ हजार ८७ रुपियाँ खर्च भएको थियो ।
साथै गत फागुन २७ गतेसम्म कुल अनुमान गरिएको आय तर्फ सङ्घीय सरकारबाट प्राप्त अनुदान, प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक श्रोत गरी ५०.०६ प्रतिशत अर्थात् एक ४२ करोड ३९ लाख ८३ हजार ७४१ रुपियाँ आम्दानी गरिएको थियो ।
गत चैत २९ गते बसेको ६३ औँ कार्यपालिका बैठकका निर्णयहरुः

ताजा समाचार

Related Articles