दुई करोडको लागतमा सडक स्तरीकरण

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ६ गते । हेटौँडा उपमहानगरपालिका–१४ को कुखरेनी खोला किनारदेखि प्रस्तावित मयुरधाप औद्योगिक क्षेत्र उत्तरपानीसम्म जोड्ने सडकको सडक स्तरीकरण कार्य सुरु गरिएको छ ।
हेटौँडा उपमहानगरपालिकाको लगानीमा स्तरीकरण हुने उक्त सडकको शुक्रबार एक कार्यक्रमका बिच उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।
आगामी जेठ १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौताभएको उक्त सडक एक करोड ९१ लाख ४५ हजार ९३१ रुपियाँको लागतमा निर्माण हुन लागेको हो । सडक स्तरीकरण अन्तर्गत सडक ढलान, पेटी निर्माणलगायतका काम हुनेभएको छ ।
सडक स्तरीकरण शिलान्यास कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष दीपक खड्कालगायत वडा सदस्यहरुको सहभागिता रहेको थियो । कुखरेनी खोला किनारदेखि प्रस्तावित मयुरधाप औद्योगिक क्षेत्र उत्तरपानीसम्म करिब दुई किलोमिटर सडक स्तरीकरण हुने जनाइएको छ ।

ताजा समाचार

Related Articles