कांग्रेसको आयोजनामा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने

लोकप्रिय

हेटौँडा, वैशाख ६ गते ।
नव वर्ष २०८२ र लोकतन्त्र दिवशको अवसरमा मकवानपुरको चित्लाङमा जिल्ला स्तरीय रनिङ शिल्ड भलिवल प्रतियोगिता आयोजना गरिनेभएको छ ।   
यही वैशाख ८ गतेदेखि ११ गतेसम्म जिल्ला स्तरीय रनिङ शिल्ड भलिवल प्रतियोगिता थाहा नगरपालिका ९ चित्लाङस्थित माझगाउँस्थित खेल मैदानमा हुनेभएको हो ।
नेपाली कांग्रेस थाहा नगरपालिका ९ नं. वडा समितिको आयोजना र कांग्रेस १० नं. वडा समितिको समन्वयमा साविक चित्लाङ गाविस गाउँ इकाई समितिका कांग्रेसका सभापति शालिकराम मानन्धर र उप–सभापति तेजबहादुर के.सी.को स्मृतिमा हुने प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार रुपियाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता आयोजक समितिका उपसंयोजक दीपक गोपालीले जानकारी दिनुभयो ।
यस्तै प्रतियोगितामा द्वितीय हुने टिमले ३५ हजार र तृतीय हुने टिमले २० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् ।
प्रत्येक टिमको १२ जना खेलाडीलाई मात्रै रहने व्यवस्था मिलाईएको जानकारी दिँदै उहाँले खेलाडी मकवानपुर जिल्लाभित्रै कै हुनुपर्ने बताउनुभयो ।

ताजा समाचार

Related Articles