तीन सातादेखि शिक्षक सडक आन्दोलनमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ८ गते । नेपाल शिक्षक महासंघको आव्हान भएको शैक्षिक सडक आन्दोलन जारी रहेको छ ।   
विद्यालय शिक्षा ऐन माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा गत चैत २० गतेदेखि सुरुभएको आन्दोलन सोमबार २० औँ दिन पनि जारी रहनेभएको छ ।
शिक्षकहरुले गत चैत २० गतेबाट राजधानी केन्द्रित शैक्षिक आन्दोलन र २५ गतेबाट अनिश्चितकालिन शैक्षिक आम हड्ताल सुरु गरेका थिए ।
शिक्षक महासंघ र शिक्षक कर्मचारी आवद्ध संघसंगठनहरुले आफ्ना माग प्रति सरकारले सुनुवाई नगरेको कारण अझ सशक्त रुपमा आन्दोलन यथावत जारी रहेको जनाएका छन् ।
देशभरीबाट शिक्षक–कर्मचारीहरु सडक आन्दोलनमा सहभागी हुन काठमाडौँ पुग्ने क्रम बढेको छ । माइतीघर मण्डलामा जोर झण्डाको नजिक पूर्व तर्फ जेब्रा क्रसमा ठीक ९ः०० बजे उपस्थित भएर मकवानपुरको ब्यानरमा एकत्रित भै शान्तिपूर्ण सडक प्रदर्शनमा सहभागी हुन आन्दोलन परिचालन समिति, मकवानपुरले अनुरोध गरेका छ ।
विद्यालय शिक्षा ऐन माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलनप्रति समर्थन बढ्दो छ । उता शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले धेरै कष्ट र असजिलाका बाबजुद शिक्षकको आन्दोलनमा सहभागिता रहेको भन्दै अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नभएको बताउनुभएको छ ।     
सदा झैं अनुशासन र मर्यादा कायम राखेर संयम सहित आन्दोलनमा निरन्तर डटिरहनु आग्रह गर्दै उहाँले भन्नुभएको छ,
संस्थाको तर्फबाट आउने आधिकारिक वक्तव्य र हामी (कार्यलय)मार्फत सम्प्रेषण हुने जानकारीलाई पत्यार र अनुशरण गर्नुहोला ।
उहाँले बजारमा अनेक थरि अफवाह भएको हामीले थाहा पाएका छौं भन्दै त्यस्ता अनधिकृत अफवाह र भनाइमा पत्यार नगर्नसमेत आन्दोलनमा सहभागी शिक्षक कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ ।

ताजा समाचार

Related Articles