प्रहरी हुँ भनी अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ९ गते ।
प्रहरी हुँ भनी अभद्र व्यवहार गर्ने एक जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय, कास्कीले पक्राउ गरेको छ ।
प्रहरीले बाग्लुङ नगरपालिका वडा नं. ४ कुडुलेफेदी घर भएका चन्द्रकान्त पौडेललाई नियन्त्रणमा लिएको हो ।
कास्की पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोक स्थित रहेको ढावा रेष्टुरेन्ट एण्ड बारमा अर्डर गरी आफूले मागे अनुसारको खानेकुराहरु खाए पश्चात् म प्रहरीको डिएसपी हँु भन्दै धाक धम्की दिई काउन्टरमा रहेको कर्मचारी माथि अभद्र व्यवहार गरेको अभियोगमा ३२ वर्षीय पौडेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माले जानकारी दिनभयो ।
प्रहरीका अनुसार पौडेललाई नियन्त्रणमा लिई अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट दिन दश (१०) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको छ ।

ताजा समाचार

Related Articles