काठमाडौं, वैशाख ९ गते । राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट हुने भएको छ ।
शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा सञ्चालन गर्नबारेमा अन्योल सिर्जना भएपछि परीक्षा सर्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष अध्यक्ष डा. महाश्रम शर्माले सो जानकारी दिनुभएको हो । विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेको थियो । यद्यपि बोर्डले निर्धारित समयमा नै परीक्षा गर्ने अडान राखेपनि अन्तिम समयमा परीक्षा सरेको हो ।
यसअघि शिक्षकहरुले परीक्षामा सामेल नहुने जनाएपछि निजामती कर्मचारीहरुलाई खटाएर परीक्षा सञ्चालन गर्ने अडानमा बोर्ड थियो । तर कर्मचारी ट्रेड युनियनले पनि शिक्षकका माग पूरा गरेर उनीहरुलाई नै परीक्षामा सामेल गराउनुपर्ने भन्दै विरोध जनाएपछि प्रधानमन्त्र केपी शर्मा ओलीले पनि बोर्डलाई परीक्षा सार्न आग्रह गरेका थिए । यही वैशाख ११ देखि हुने भनिएको परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन गरिने भएको हो ।




