काठमाडौँ, वैशाख १० गते । राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को दुवै सदनको अधिवेशन हाललाई स्थगित गर्नु भएको हो ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद् को मिति २०८३/०१/०८ गतेको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो १४:०० बजे संघीय संसद भवन, सिंहदरबार मा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिएको थियो।

आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा विशेष कारणवश उक्त अधिवेशन हाललाई स्थगित गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। 




