यी चार प्रदेशमा आज र भोलि अधिक गर्मी हुने सतर्कता अपनाउन आग्रह

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ११ गते ।
आगामी दुई दिनसम्म मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लुम्बिनी प्रदेशका तराईका भू–भागहरूमा बिहीबार र शुक्रबार दुई दिन तातो लहरको समेत सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।
लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । साथै मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।
देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार आगामी दुई दिनसम्म मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले भनेको छ ।
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सोबाट बच्न निम्न उपायहरू अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

ताजा समाचार

Related Articles