मुख्यमन्त्री ११ विरुद्ध प्रमुख सचिव ११ को जित

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १० गते ।
हेटौँडा उपमहानगरपालिका ६ गौरीटार रंगशालास्थित फुटबल खेल मैदानमा भएको मुख्यमन्त्री ११ र प्रमुख सचिव ११ बिचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रमुख सचिव ११ को टिम विजयीभएको छ ।  मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजना तथा प्रदेश खेलकुद विकास समिति, बागमती प्रदेश, हेटौँडाको तत्वावधानमा बुधबार भएको प्रतियोगितमा प्रमुख सचिव ११ को टिमले मुख्यमन्त्री ११ लाई ३–१ गोल अन्तरले पराजित गरेको हो । 
गौरीटार रंगशालामा नवनिर्मित फुटबल खेल मैदानको उद्घाटन एवं हस्तान्तरण कार्यक्रमको अवसरमा आयोजना गरिएको प्रतियोगितामा मुख्यमन्त्री ११ को टिमबाट बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ, मन्त्रीहरु प्रकाश श्रेष्ठ, कुन्दनराज काफ्ले, सुरजचन्द्र लामिछाने, किरण थापा, प्रेमभक्त महर्जन, मदुकमार श्रेष्ठ, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विनोद शाहलगायतको सहभागिता रहेको थियो ।
यस्तै प्रमुख सचिव ११ कको टिममा बागमती प्रदेशका प्रमुख सचिव माहादेव पन्थ, प्रदेशका सचिवहरु उदयबहादुर राना मगर, रितेशकुमार शाक्य, विनोदकुमार भट्टराई, प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव दीपक लामालगायतको सहभागिता रहेको थियो ।  यसअघि मुख्यमन्त्री लामाले प्याराफिटसहितको नवनिर्मित फुटबल खेल मैदानको उद्घाटन गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles