सामाजिक कुरीति विरुद्ध जनचेतना कार्यक्रम

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ११ गते ।
मकवानपुरको कैलाश गाउँपालिकामा सामाजिक कुरीति विरुद्ध जनचेतना कार्यक्रम भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा बुधबार भएको एक दिवसीय कार्यक्रममा बाल विवाह, सामाजिक तथा जातीय विभेदबारे प्रस्तुतीकरण भएको थियो ।
समन्वय समितिका सदस्य एंव प्रवक्ता खड्गबहादुर पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले सामाजिक कुरीति अन्त्यका लागि कार्ययोजनाहरु तय भई कार्यान्वयन भइरहेको भन्दै स्वास्थ्य, शिक्षा, सरसफाई, खानेपानीका क्षेत्रमा काम क्रमशः सुधारोन्मुख रहेको बताउनुभयो ।
समाजमा हुने सामाजिक विकृति, कुरीतिको अन्त्यका लागि चेतनास्तर वृद्धि गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
हेटौँडा उपमहानगरपालिकाका निर्देशक विष्णुकुमारी लामिछानेले बाल विवाह, लैङ्गिक हिंसाका विषयमा र गैर सरकारी संस्था बागमती प्रदेश कावा अध्यक्ष कमलकुमार विश्वकर्मा सामाजिक तथा जातीय विभेद सम्बन्धी आफ्नो प्रस्तुती गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, जिसस सदस्यहरु वीरेन्द्रकुमार लामा, तारा ढुङ्गाना, सुर्वण गोपाली, सुमित्रा थिङ, सुनिता दर्लान, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, जिल्ला समन्वय अधिकारी शान्ति विकलगायतका्का आतिथ्यता रहेको थियो ।

यसैबीच कैलाश गाउँपालिका वडा नं. ३ कालिकाटारमा चाउमिन बनाउने तालिम सुरु भएको छ ।
सामाजिक विकास मन्त्रालय र कैलाश गाउँपालिकाको साझेदारीमा बुधबारबाट एक हप्ते तालिम सुरुभएको हो ।
आयोजक संस्था महिला एकता सार्थक समाज नेपालका अध्यक्ष प्रमिला लामाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले महिलाले सीप सिकेर आम्दानीको पाटो बलियो बनाउनुका साथै व्यवसायिक दृष्टिले पनि राम्रो हुने बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य राममाया प्रजा, वडा सदस्य नीरमाया सुनार, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटा, वडा सचिव शर्मिला रानामगर, चाउमिन तालिमका प्रशिक्षक रेशम थिङको आतिथ्यता रहेको थियो । तालिममा चाउमिन बनाउने र ७ दिन उद्यमशील, प्याकेजिङ, लेवलिङ बजारिकरणका विषयमा तालिम प्रदान गरिने संस्थाका अध्यक्ष प्रमिला लामाले बताईन् ।

ताजा समाचार

Related Articles