स्वास्थ्य स्वयंसेविकालाई मानसिक स्वास्थ्य सम्बन्धी तालिम

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ११ गते ।
मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ३ मा महिला सामूदायिक स्वास्थ्य स्वयंसेविकाहरुका लागि जनस्वास्थ्य कार्यालय मकवानपुरद्वाराआयोजित दुई दिने मानसिक स्वास्थ्य तालिम बुधबार सम्पन्नभएको छ । जनस्वास्थ्य अधिकृत डिलेन्द्र बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले स्वास्थ्य र शिक्षामा गाउँपालिकाले लगानी गरिरहेको बताउनुभयो ।
तलिममा गाउँपालिकाका छ वटा वडाका २४ जना स्वयंसेविकाहरुको सहभागिता रहेको थियो । तालिमलाई जनस्वास्थ्य कार्यालय मकवानपुरका खोप अधिकृत मनिर आलम र जनस्वास्थ्य अधिकृत डिलेन्द्र बुढामगरले प्रशिक्षण दिनुभएको थियो ।

ताजा समाचार

Related Articles