खासकुरा संवाददाता
हेटौँडा, वैशाख १४ गते ।
प्रहरी चौकी चौकीटोले त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा उपमहानगरपालिका १ चौकीटोलस्थित सडक खण्डबाट तीन जनाई खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।
सवारी साधन जाँच गर्ने क्रममा चौकीटोलबाट हेटौँडा ११ बस्ने वर्ष २७ को सुमन गुरुङ र वडा नं. १ बस्ने वर्ष २० को बुद्धीमान थिङलाई र वडा नं. १ लालझाडी बस्ने वर्ष ३२ को सुरेश तामाङ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका तीनै जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
हेटौँडा बजारतर्फ आउँंदै गरेको ना १ ह १५२८ नं. को अटोमा सवार सुमन र बुद्धीमानलाई खानतलासी गर्दा निजहरुको साथबाट पाँच सय मिलिग्राम खैरोहोइन फेला परेकोमा उक्त लागूऔषधको सम्बन्धमा सोधपुछ गर्दा सो लागूऔषध सुरेशसँग खरिद गरी ल्याएको बताएपछि निज सुरेशलाई समेत खानतलासी गर्दा निजले जमिनमा सानो खाल्डो खनी लुकाई राखिएको अवस्थामा छ ग्राम ८९० मिलिग्राम खैरो हेरोईन फेला परेको प्रहरीको भनाई छ ।
प्रहरीले सुमन, बुद्धीमान र सुरेशलाई नियन्त्रणमा लिई लागूऔषध मुद्दामा मकवानपुर जिल्ला अदालत हेटाँैडाबाट १० दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
