प्रम ओलीद्वारा छत्याललाई झण्डा हस्तान्तरण

लोकप्रिय

काठमाडौँ, वैशाख १४ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न जान लागेका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याललाई ‘सगरमाथा सम्वाद’को झण्डा हस्तान्तरण गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार प्रधानमन्त्री ओलीले झण्डा हस्तान्तरण गर्नुकासाथै सगरमाथा सफल आरोहणको शुभकामनासहित हार्दिक बिदाई गर्नुभएको हो ।
यसअघि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रधान कार्यालय हल्चोक स्वयम्भुमा सहायक निरीक्षक छत्याललाई सशस्त्र प्रहरी बल नेपालको झण्डा हस्तान्तरण गरी बिदाई गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles