खासकुरा संवाददाता
हेटौँडा, वैशाख २१ गते ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौँडाको आयोजना तथा नेपाल पशुपन्छी औषधी व्यवसायी संघ बागमती प्रदेश कार्यसमितिको सहयोगमा भेटेरिनरी औषधी पसल संचालकहरुका लागि औषधीहरुको बिक्री वितरणसम्बन्धी आचार संहिता सचेतना तालिम आइतबार सम्पन्नभएको छ ।
पशु सेवा तालिम केन्द्र, लगनखेल, ललितपुरमा भएको सो तीन दिने तालिममा भेटेरिनरी औषधी पसल संचालकहरुलाई एन्टिवायोटिक्स, हर्मोनलगायत औषधीहरुका बिक्री वितरणसम्बन्धी सचेतना तालिम प्रदान गरिएको हो ।
तालिम संचालनमा पाठ्यक्रम निर्माणदेखि प्रशिक्षकसम्म विश्व खाद्य संगठनका टिम लिडर डा. सुरेन्द्र कार्की, सह सचिव डा. सुजन राना, केन्द्रीय रिफरल पशु चिकित्सालय, त्रिपुरेश्वरको पशु चिकित्सक डा. प्रकाश अधिकारी र औषधी व्यवस्था विभाग, बबरमहलका फार्मेसी अधिकृत उमंग त्रिपाठी र फार्मेसी सुपरभाईजर विकास श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।




