वनमा कुरिलो टिप्न जाँदा लडेर मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २१ गते ।
मकवानपुरको मकवानपुगढी गाउँपालिकामा वनमा कुरिलो टिप्न जाँदा लडेर आइतबार एक जनाको मृत्युभएको छ ।
मकवानपुरगढी गाउँपालिका वडा नं. ५ सोलथुम चुहार स्थित कटुसघारी सामुदायिक वनमा कुरिलो टिप्न जाने क्रममा स्थानीय कप्तान रुम्बाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आइतबार १२ः३० बजेको समय भिरबाट करिब एक सय मिटर तल खसेर ५२ वर्षीय रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
उक्त घटनाको बारेमा वडाध्यक्ष दिपेश दाहालले जानकारी गराएको र घट्नास्थलको प्रारम्भिक अनुसन्धान पूरा गरिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles