दुर्घटनामा सशस्त्र प्रहरी सहायक हवल्दारसहित दुई जना घाइते

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २३ गते ।
हेटौँडा उपमहानगरपालिका वडा नं. ६ मा बा.प्र.०३–००४ प ७०३ नं. को मोटरसाइकललाई प्र.३–०२–०१२ प ६७६५ नं. को मोटरसाइकलले मंगलबार दिउँसो ठक्कर दिएर दुर्घटना हुँदा सशस्त्र प्रहरी सहायक हवल्दारसहित दुई जना घाइतेभएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गौरीटार रंगशाला अगाडि भित्री सडकखण्डमा कमानेतर्फबाट रंगशालातर्फ जाँदै गरेको बा.प्र.०३–००४ प ७०३ नं. को मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको प्र.३–०२–०१२ प ६७६५ नं. को मोटरसाइकलले ठक्कर दिँदा दुवै मोटरसाइकलका चालकहरु घाइतेभएको जनाएको छ ।
दुर्घटनामा घाइते हुनेमा बा.प्र.०३–००४ प ७०३ नं. को मोटरसाइकलका चालक हेटौँडा उपमहानगरपालिका १७ राजदेवीका वर्ष ५० का प्रदीप कुमार थापा र प्र.३–०२–०१२ प ६७६५ नं.को मोटरसाइकलका. चालक बारा कोल्बी नगरपालिका ९ घर भई हाल सशस्त्र प्रहरी बल नेपाल मद्धती तथा सेवा गुल्म मकवानपुरमा कार्यरत वर्ष ३५ का सशस्त्र प्रहरी सहायक हवल्दार नारायण भुजेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले मगर टाउको र दुबै हातमा चोटको र थप उपचारको लागि नयाँ सिएमसी अस्पताल चितवन पठाईएको बताउनुभयो ।
उहाँका अनुसार भुजेलको दाहिने कुममा चोट लागेको अवस्था सामान्य रहेको छ ।

ताजा समाचार

Related Articles