सामुदायिक आँखा अस्पतालमा सेनिटरी प्याड भेन्डिङ मेशिन

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २५ गते ।
हेटौँडा सामुदायिक आँखा अस्पतालमा अस्पतालमा आउने महिला बिरामीहरुलाई लक्षित गरी सेनेटरी प्याड भेन्डिङगं मेशिन राखिएको छ ।
युक्ति फाउण्डेशन, काठमाडौँको सहयोगमा अस्पताल परिसरमा सेनेटरी प्याड भेन्डिङ मेशिन राखिएको हो । सेनेटरी प्याड भेन्डिङ मेशिन राखिएसँगै अब महिला बिरामीहरु महिनाबारी भएमा सेनिटरी प्याड किन्न पसलमा जानु पर्दैन ।
अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठ र प्रमख डा. सुनिल थकालीलाई फाउण्डेशनको तर्फबाट पेमा डोल्मा लामाले बिहीबार उक्त मेशिन हस्तान्तरण गर्नु भएको हो ।
संरक्षक श्रेष्ठले अस्पतालमा आउने महिला बिरामीहरुलाई सहयोग पुग्ने भन्दै मेशिनमा आवश्यक सेनेटरी प्याड पञ्चसिद्धि फाउण्डेशनबाट सहयोगन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । युक्ति फाउण्डेशनका पेमा डोल्मा लामाले महिला दिदी बिहिनीहरुलाई महिनाबारीको समयमा समस्या पर्न सक्ने भएकोले मेशिन सहयोग गरिएको बताउनु भयो ।

ताजा समाचार

Related Articles