खासकुरा संवाददाता
हेटौँडा, वैशाख २५ गते ।
हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटेबाट नेपाली नक्कली नोटसहित रामकृष्ण अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । 
प्रहरी चौकी रातोमाटे मकवानपुरको प्रहरी टोलीले पूर्व पश्चिम लोकमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. १५ स्थित रातोमाटे सडकखण्डबाट बिहीबार बिहान धादिङ जिल्ला गंगाजमुना गाउँपालिका. वडा नं. २ घर भई हाल हेटौँडा ८ बस्दै आएको ४२ वर्षीय अधिकारीलाई अधिकारीलाई पाँच दरका १८६ थान नक्कली नोटसहित पक्राउ गरेको हो ।
्जिल्ला प्रहरी कार्यालय मकवानपुरले बर्दिबासबाट हेटौँडातर्फ आउँदैं गरेको बा. ३३ प ९९८३ नं. को मोटरसाईकलका चालक अधिकारीमाथि शंका लागि खानतलासी गर्ने क्रममा निजले बोकेको झोलाभित्र लुकाई ल्याईएको नक्कली नोट फेला परेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालाले अधिकारीको साथबाट नेपाली पाँच दरले नक्कली नोट १८६ थान (९३ हजार) फेला परेको जानकारी दिनुभयो । प्रहरीका अनुसार उक्त नक्कली नोट बरामद गरी निज राम कृष्ण अधिकारीलाई मुद्रा सम्बन्धी कसुर मुद्दामा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको छ ।




