लागूऔषधसहित तीन जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २५ गते ।
मकवानपुर प्रहरीले लागूऔषधसहित मकवानपुरको छुट्टाछुट्टै स्थानबाट तीन जनालाई पक्राउ गरेको छ ।
दुई किलो ५३० ग्राम गाँजासहित ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले हेटौँडा–ललितपुर कान्तिलोकपथअन्तर्गत मकवानपुरगढी–२, शिखरकटेरीबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजासहित दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–८ का २५ वर्षीय विजय थापा र मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–७ का ३५ वर्षीय सुनिल बोम्जनलाई पक्राउ गरिएको जनाएको छ । मकवानपुरगढी–८, बुढीचौरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना २६ प ३६७१ नम्बरको मोटरसाइकल चालक विजय र सुनिल मोटरसाइकलमा सवार रहेका थिए ।
मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई प्रहरीले विजय र सुनिललाई हिरासतमै राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५, रातोमाटे चेकपोष्टबाट प्रहरीले लागूऔषधसहित एरौतहट जिल्लाको मौलापुर नगरपालिका–९ बस्ने ३२ वर्षीय सुनिल सिंह पटेललाई पक्राउ परेका छन् । प्रहरीले रौतहटबाट काठमाडौतर्फ जाँदै गरेको बा प्र ०१–०३१ च ५०२२ नम्बरको यात्रुवाहक गाडीलाई जाँच गर्दा लागूऔषध नाईट्राभेटसहित रौतहट जिल्लाको मौलापुर नगरपालिका–९ बस्ने ३२ वर्षीय सुनिल सिंह पटेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको भनाई छ ।
सुनिलले ल्याएको सुटकेसमा छिपाई राखेको अवस्थामा नाईट्राभेट तीन हजार ४४० ट्याब्लेट, ट्रामाडोल दुई हजार ९५० क्याप्सुल, फेनार्गन ३८५ एम्पुल, नुफिन ३९५ एम्पुल र डाईजेपाम ३८७ एम्पुल फेला पारेको प्रहरीले जानकारी दिएको छ । सुनिललाई जिल्ला अदालत मकवानपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा समाचार

Related Articles