चेपाङ संघ बागमती प्रदेशको अध्यक्षमा खुसीलाल

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ३० गते ।
नेपाल चेपाङ संघ बागमती प्रदेशको  अध्यक्षमा खुसीलाल चेपाङ पुनः चयन हुनुभएको छ । संघको भरतपुरमा सोमबार भएको दोस्रो प्रदेश अधिवेशनले खुशीलालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो छ । नवनिर्वाचित कार्य समिति उपाध्यक्षमा सिगलाल चेपाङ, सचिवमा अर्जुन चेपाङ, कोषाध्यक्षमा उद्धव चेपाङ र सह–सचिवमा राजकुमार चेपाङ निर्वाचित हुनुभएको छ । यस्तै १६ सदस्यीय कार्य समितिको सदस्यहरूमा दिनेश चेपाङ, दिवन चेपाङ, सन्तबहादुर चेपाङ, अस्मिता चेपाङ, मनिका चेपाङ, देवीमाया चेपाङ, मानबहादुर चेपाङ, इनोज चेपाङ, अञ्चल चेपाङ, विष्णुलाल चेपाङ र नमुना चेपाङ रहनुभएको छ । प्रदेश अध्यक्ष खुशीलाल चेपाङको अध्यक्षता तथा नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष तथा संविधान सभा सदस्य गोविन्दराम चेपाङको प्रमुख आतिथ्यमा भएको सो अधिवेशनमा बागमती प्रदेशका पूर्व राज्यमन्त्री सन्तबहादुर प्रजा, संघका केन्द्रीय महासचिव महासचिव सन्तबहादुर चेपाङ, गण्डकी प्रदेश अध्यक्ष कमान सिं चेपाङलगायतको आतिथ्यता रहेको थियो ।

ताजा समाचार

Related Articles