बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको परामर्श समितिको बैठक

लोकप्रिय

चीन । मे १५ तारिखका दिन, बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको परामर्श समितिको बैठक चीनको चच्याङ प्रान्तीय नीङपो शहरमा आयोजना भएको छ। सो बैठकमा परामर्श समितिका सदस्यहरूले ‘उच्च गुणस्तरिय संलग्नता, खुला, समावेशी र साझा विकासको विश्वको निर्माण’ विषय आधारित बीआरआई अन्तर्राष्ट्रिय सहयोग, व्यापार तथा लगानीको स्वतन्त्रता र सुविधा, डिजिटल अर्थ तथा एआई सहयोगबारेमा गहन छलफल गरेका छन्।
चीनद्वारा प्रस्तुत गरिएको बीआरआई अवधारणाले विश्व विकासमा स्थिरता थपिरहेको छ र यो विश्व अर्थतन्त्रको वृद्धिको बढावा र विश्वव्यापी साझा समृद्धिका लागि महत्त्वपूर्ण अवसर पनि हो भन्ने विचारहरू बैठकमा सहभागीहरूले व्यक्त गरेका छन्। वर्तमान परिस्थितिमा, उच्च गुणस्तरिय बेल्ट एण्ड रोड निर्माणलाई तिव्रता दिने, उच्च गुणस्तरको आधारभूत संरचना र उद्योग सहयोगमा केन्द्रित गर्दै बहुआयामिक कनेक्टिभिटीको नेटवर्कको निर्माण गर्न आवश्यक छ। जसबाट हरित सिल्क रोड, डिजिटल सिल्क रोडको निर्माणलाई सुदृढ गर्न सकिने विचार पनि सहभागीहरूले व्यक्त गरेका छन्।
चीनका उप-परराष्ट्र मन्त्री मा छाउस्युले सम्बोधन गर्दै भन्नुभएको छ- ‘हालसम्म चीन १५० भन्दा बढी देश र क्षेत्रको प्रमुख व्यापार साझेदार भएको छ र धेरै देशका लागि प्रमुख लगानी स्रोत पनि हो। यस वर्षको पहिलो त्रैमासमा बीआरआई सम्बद्ध देशहरूले चीनको सम्पूर्ण वैदेशिक व्यापारको ५१.१ प्रतिशत ओगटेको छ। चीनले ती देशहरूसँगको व्यापार र लगानी सहयोगलाई थप सुदृढ गर्न इच्छा लिएको छ। विश्व व्यापार संगठनलाई केन्द्रमा राखेर, नियममा आधारित, खुला, निष्पक्ष, समावेशी, न्यायपूर्ण, गैर-भेदभावकारी बहुपक्षीय व्यापार प्रणालीको संरक्षण गर्ने आशा पनि चीनले लिएको छ।’

ताजा समाचार

Related Articles