स्वयंसेवक परिचालनसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया सम्पन्न

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ५ गते ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनमा सोमबार हेटौँडामा स्वयंसेवक समुह निर्माण तथा परिचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्नभएको छ ।

कार्यक्रमका प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले विपद्को अवस्था द्रुत गतिमा उद्धार एवं राहतका लागि समुह निर्माण आवश्यक रहेको भन्दै विपद् प्रति तीनै तहका सरकार जिम्मेवार बन्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले विपद् प्रतिकार्य, पूर्व तयारी, व्यवस्थापन र राहत वितरण, सूचना संकलनका लागि स्वयंसेवक समुह निर्माण तथा परिचालन अत्यावश्यक रहेको भन्दै प्रदेश सरकार विपद्को सवाल हर सम्भाव प्रयास र प्रदेश स्रोतले भ्याएसम्मको लगानी गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णबहादुर शाहीले स्वयंसेवक कस्तो बन्नु पर्ने यसको महत्व के हो ? विगतका घटना र हरेक विपद्मा स्वयंसेवकले निर्वाह गर्ने कार्यको बारेमा चर्चा गर्दै विपद्को समयमा सबै तह, क्षेत्र र सरकारी तथा गैरसरकारी निकायको संयुक्त प्रयासको आवश्यक रहेको बताउनुभयो ।

स्वयंसेवक समुह निर्माण तथा परिचालन कार्यविधि स्वीकृत भएर इच्छुक १९ पालिकाबाट आएको प्रस्तावको आधारमा समुह निर्माण हुने विपद् महाशाखा प्रमुख सुरेश खनालले बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रम सोसाइटी केन्द्रीय कार्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधिले विपद्, स्वयंसेवक समुह निर्माण तथा परिचालनलगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles