खासकुरा संवाददाता
हेटौँडा, जेठ ५ गते ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले प्रदेश सरकारले सुशासन र विधि स्थापित गर्नका लागि काम गरिरहेको बताउनुभयो । 

उहाँले बागमती प्रदेशको समृद्धिका लागि त्याग गर्न तयार रहेको भन्दैे भन्दै एकताको भावनाले काम अगाडि बढ्नुपर्ने बताउनुभयो ।

बागमती प्रदेशको सोमबारबाट सुरुभएको सोह्रौँ अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै उहाँले तेरो र मेरो होइन सामुहिक भावनाको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, समृद्ध प्रदेश निर्माण गर्न सबै दलका बिच साझा संकल्प आवश्यक छ छ ।

उहाँले सरकारले विधि र प्रणालीलाई व्यवस्थित गरेर जाने गरी काम गरिहरेको बताउनुभयो । उहाँले भन्नभयो, मैलै मात्र सक्दिन, कसैको एक्लो प्रयासबाट सम्भव छैन, समृद प्रदेश निर्माण गर्न सबैको सामुहिक र साझा संकल्प, प्रयास र भावना आवश्यक छ, त्याग गर्न तयार छौँ ।

विधि र प्रणालीलाई व्यवस्थित नगरेसम्म अहिलेकै अवस्था रहन्छ, एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउने क्रम चलिरहन्छ उहाँले भन्नुभयो, यसका लागि त्याग गर्न तयार हुनुपर्छ हामी त्याग गर्न तयार छौँ, असल अभ्यासका लागि संकल्प गरेर अगाडि बढौँ ।

उहाँले हामी अहिले गणतान्त्रिक व्यवस्थामा रहेको, विकास निर्माणका धेरै कम भएको र सरकारले पनि आफ्नो नियमित काम पनि गरिरहेको भन्दै सुशासनको विधि र मान्यतालाई स्थापित गर्ने काम भईरहेको बताउनुभयो ।
सुशासन स्थपित गर्न निजामती कर्मचारीको वैयक्तिक विवरण प्रणाली र एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको उहाँको भनाई छ ।




