खासकुरा संवाददाता
हेटौँडा, जेठ ६ गते ।
त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ९ स्थित छैसठ्टी मोडमा गाडी दुर्घटनामा १४ जना घाइतेभएको छ ।

चित्लाङबाट सर्लाहीको लालबन्दी जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नं. को विङ्गर गाडी मंगलबा सडकदेखि करिब २० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार सडकबाट खसेको उक्त गाडी सल्लाको रूखमा अड्किएको अवस्थामा फेला परेको थियो ।
उक्त गाडीमा चालकसहित १४ जना रहेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।

घाइतेहरुको हेटौँडा अस्पतालमा उपचार भएको छ ।
उक्त गाडी बे्रक फेल भई दुर्घटना भएको उद्धारमा खटिएको प्रहरी टोलीले जानकारी गराएको छ ।
