हेटौँडा, जेठ ६ गते ।
मकवानपुर मनहरी गाउँपालिका वडा नं. ५ स्थित डिल्लीपुरबाट बेपत्ता एक युवक मृत फेला परेका छन् ।

गत बुधबार बिहान ११ः०० बजेको समयमा घरबाट विष्णु प्रसाद सापकोटालाई खोजतलासको क्रममा सोमबार मनहरी गाउँपालिका ५ कोइरालाडाँडास्थित थली जंगलमा मृत अवस्थामा फेला पारिएको हो ।

घरमा कोही कसैलाई नसोधी घरबाट निस्की हिडेको निज ३५ वर्षीय सापकोटालाई आफन्तहरुले खोजतलास गर्ने क्रममा सोमबार दिउँसो थली जंगलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनाका बारेमा अनुसन्धान भईरहेको छ ।




