समाजद्वारा विभिन्न क्षेत्रमा योगदान गर्नेहरु सम्मानित

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ६ गते ।
प्रजातान्त्रिक विचार समाज मकवानपुरले समाजमा विभिन्न क्षेत्रमा योगदान पु¥याउनेहरुलाई सम्मान गरेको छ ।
उच्च शिक्षाको विकासमा प्रदेश विश्वसवद्यालयः सम्भावना, चुनौती र रणनीति तथा सम्मान कार्यक्रम हेटौँडामा मंगलबार आयोजना गरी समाजले शिक्षा, कानुन र प्रशासनिक क्षेत्रमा योगदान गर्दै आएका र उपाधि प्राप्त गरेकाहरुलाई सम्मान गरेको हो ।

विद्यावारिधी गर्ने मकवानपुरका रामबहादुर भण्डारी, भीमप्रसाद तिमिल्सना, श्यामप्रसाद सुवेदी, लिलानाथ ढुंगेल, सुमार्गी हुमागाई, शिवराज पराजुली र खिलप्रसाद बराललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ताहरु केशवराज काफ्ले, कृष्णप्रसाद अर्याल र धुव्रप्रसाद चौलागाई, निजामती सेवातर्फ मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल, शिक्षा सेवा आयोगका सदस्य रामशरण सापकोटा, प्राध्यापक डा. शंकरप्रसाद उपाध्याय र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागाईलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

बागमती प्रदेश विश्वविद्यालयको आगामी चुनौती र रणनीतिहरुका बारेमा छलफलभएको सो कार्यक्रममा नेपालमा शैक्षिक संस्था खुल्ने तर विद्यार्थी अभावको समस्या रहेको भन्दै वक्ताहरुले बजारको मागमा आधारित विषय अध्यापन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा संविधान सभा सदस्य एवं मकवानपुर बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष अनन्त पौडेल, बागमती प्रदेश विश्वविद्यालयका अध्यक्ष प्राडा चन्द्रमणि पौडेल, हेटौँडा क्याम्पस सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुली, डा बलराम भट्ट, समाजका केन्द्रीय सदस्य दीपकलाल खतिवडाले नेपालको शैक्षिक अवस्थाको बारेमा चर्चा गर्नुभएको थियो ।

समाजका मकवानपुर अध्यक्ष डा देवचन्द्र मानन्धरको अध्यक्षतामा भएको सो कार्यक्रममा डा. भीमप्रसाद तिमिल्सिना, वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्ले, वरिष्ठ अधिवक्ता ईश्वराज ढकाल, वरिष्ठ अधिवक्ता ध्रुव चौलागाई, खिलप्रसाद बराल (निमेष निखिल), ऋषिराम पोखरेल, सुभाष कंडेल, भीमसागर गुरागाई, प्रदीप कोइराला, माधव न्यौपानेलगायतले क्याम्पसलाई विद्यार्थी पाउनै समस्याभएको भन्दै विद्यार्थीलाई नेपालमा नै टिकाउने कार्यक्रम आवश्यकभएको बताउनुभयो ।

ताजा समाचार

Related Articles