खासकुरा संवाददाता
हेटौँडा, जेठ १० गते ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. ३, भोलनटारका मनबहादुर घिसिङ पूर्वी मकवानपुरको बागमती गाउँपालिका नं. ८ स्थित कन्सेसम सामुदायिक वनमा मृत अवस्थामा फेला परेका छन् ।

बागमती गाउँपालिका ८, ठोटरीखोलास्थित दाइ नरबहादुर घिसिङको घरमा आएका ५२ वर्षीय मनबहादुर बुधबार बिहानदेखि बेपत्ताभएकोमा सामुदायिक वनमा मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार बिहान खाना खाएर वडा नं. ८ को कार्यालयमा निस्की हिडेको मनबहादुर सम्पर्कविहीन भएपछि आफन्तले खोजतालस गर्ने क्रममा सामुदायिक वनमा शुक्रबार मृत अवस्था फेला परेका थिए ।
प्रहरीका अनुसार मनबहादुरको शव फेला परेको स्थान नजिकै विषादी भेटिएको र घटनाको अनुसन्धान भईरहेको छ ।




