खासकुरा संवाददाता
हेटौँडा, जेठ १० गते ।
हेटौँडा उपमहानगरपालिका ९ स्थित नारायणी बुहद्देश्यीय सहकारी संस्थाको आयोजनामा सहकारी शिक्षा तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्नभएको छ ।

सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुलाई सहकारीका बारेमा जानकारी दिने उद्देश्यले शनिबार सहकारी शिक्षा र वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको दान गरिएको कार्यक्रम संयोजक विमलकुमार घिमिरेले जानकारी दिनुभयो ।

सहकारी संस्थाका उपाध्यक्ष रामचन्द्र दाहालको अध्यक्षतामा भएको हेटौँडा नगरीमा नारायणी सहकारी शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा प्रगति माविका विद्यार्थीहरुले भाग लिएका थिए ।

प्रतियोगितामा सदीक्षा नेपाल प्रथम, आश्रिका कार्की द्वित्तीय, निरन्जन महतो तृतीय र सशाङ्क शाही सान्त्वना हुनुहुँदै नगद पुरस्कार प्राप्त गर्नुभयो ।
प्रतियोगिताको निर्णायकमा प्रगति माविका सहायक प्रधानाध्यापक ज्योति न्यौपाने र निवर्तमान प्राचार्य निरन्जनप्रसाद ढकाल रहनुभएको थियो ,




