संगमद्वारा आठ जना स्रष्टा सम्मानित

लोकप्रिय

हेटौँडा । साहित्य संगम मकवानपुरले विभिन्न विधाका उत्कृष्ट आज जना स्रष्टालाई सम्मान गरेको छ ।
३५५ औं नियमित साहित्य सन्ध्या तथा संगम साहित्य उत्सव २०८२ को अवसरमा शनिबार हेटौँडामा स्रष्टालाई सम्मान गरेको हो ।

१५ हजार ५५५ रुपियाँ राशी रहेको मकवानपुर साहित्य श्री सम्मान २०८१ बाट राजकुमार लामिछानेलाई सम्मान गरिएको छ । १५ हजार ५५५ रुपियाँ राशीसहित भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८१ बाट टीका आत्रेयलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

यस्तै ११ हजार एक सय राशीको विनोद सुनिता सुवेदी सम्मान २०८१ रामकुमार एलनलाई र १० हजार रुपियाँ राशीको दीपक मुडभरी स्मृति सम्मान २०८१ समिर पाख्रिनलाई प्रदान गरिएको छ । मङ्गलादेवी स्मृति सम्मान २०८१ बाट वबि थापा र मुक्तितारा सम्मान २०८१ यश लामालाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी १० हजार रुपियाँ रहेको छ ।

कार्यक्रममा १० हजार रुपियाँ राशीको रामहरि देवु सम्मान २०८१ बाट मसान उपासकलाई सम्मान गरिएको छ ।
यसैगरी साहित्य सङ्गम मकवानपुर कृति सम्मान २०८०÷०८१ बाट २५ हजार एक रुपियाँसहित अभय श्रेष्ठलाई सम्मान गरिएको थियो ।

साहित्य संगम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाको सभाध्यक्षता एवम् संगम मकवानपुरका संस्थापकसदस्य डा.केशव श्रेष्ठ ज्योतिको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा सम्मानित स्रष्टाहरुले रचना वाचन गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles