चितवनमा तटबन्ध मर्मत कार्य सुरु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ १३ गते ।
लोथर खोला र राप्ती खोलाको दोमानदेखि चितवनको सौराहासम्मको तटबन्ध मर्मत कार्य सुरु गरिएको छ ।

बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले एक कार्यक्रम बीच मंगलबार तटबन्ध मर्मत कार्यको शुभारम्भ गर्नु भयो ।

उक्त कार्यक्रममा मन्त्री खड्काले प्रदेश सरकार बजेट निर्माणको तयारीमा जुटिरहेको भन्दै वर्षायाम पनि शुरु भईसकेको समयमा आठ किमी लम्बाईको यस तटबन्धको मर्मतले यसभेगमा बसोबास गर्ने नागरिक सुरक्षित हुने र सयौँ हेक्टर जग्गाको संरक्षण हुने बताउनुभयो ।

उहाँले आयोजना छनौट गर्दा कम लागतमा बढीभन्दा बढी जनता लाभान्वित हुने योजना छनौट गर्न पनि आग्रह गर्नुभयो ।

चितवन जिल्ला पहिला अन्न उत्पादनमा र हाल नगदे वालीमा समेत अग्रणी जिल्लामा पर्दछ । मर्मत सम्भार लागत १६ करोड ४४ लाख रुपियाँ रहेको छ ।

जलश्रोत तथा सिँचाइ विकास डिभिजन प्रमुख प्रकाश तिमल्सिनाको अध्यक्षता तथा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको विशेष आतिथ्यतामा भएको थियो ।

ताजा समाचार

Related Articles