प्रेस युनियन मकवानपुरले स्थापना दिवस मनायो

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ १३ गते ।
नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा प्रेस युनियन मकवानपुर शाखाको आयोजनामा शुभकामना आदानप्रदान तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्नभएको छ ।

शुभकामना आदान प्रदानसँगै मंगलबार हेटौँडा उपमहानगरपालिका १० स्थित संस्कृत वेद विद्यालयका विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरिएको हो ।

युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीको सभाध्यक्षता तथा संस्थापक अध्यक्ष राममणि दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताले मात्र लोकतन्त्र समृद्ध बन्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, प्रदेश उपाध्यक्ष हरि हुमागाईं, मकवानपुर शाखा अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस चौतारी मकवानपुरका जिल्ला अध्यक्ष सरिता दाहाल, प्रेस सेन्टरका एमपी शर्मा, स्वतन्त्र पत्रकार संघका अध्यक्ष राजन घिमिरे, प्रेस युनियनका उपाध्यक्ष सनु रिजाल, विद्यालय व्यवथापन समितिका अध्यक्ष रामकृष्ण थापालगायत देशको प्रमुख राजनीतिक परिवर्तनहरुमा प्रेस युनियनको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

लोकतन्त्रवादी पत्रकारहरुको संस्था प्रेस युनियनको स्थापना २०४८ जेठ १३ गतेभएको हो ।
२०५६ सालदेखि हेटौँडा १० गोरक्षेश्वर क्षेत्र विकास धाम, राप्ती तटमा विद्यालय सञ्चालनमा रहेको छ । कक्षा ५ देखि ८ सम्म सञ्चालन भइरहेको यस विद्यालयमा ४० जना विद्यार्थी अध्ययनरत् रहेका छन् ।

ताजा समाचार

Related Articles