खासकुरा संवाददाता
हेटौँडा, जेठ १३ गते ।
मकवानपुर प्रहरीले लागु औषधसहित एक जना पक्राउ गरेको छ । 

मकवानपुरको थाहा नगरपालिका वडा नं. ११ घर भई हाल हेटौँडा उपमहानगरपालिका वडा नं. १० स्थित बसपार्क बस्ने वर्ष २७ को विकास तामाङलाई प्रहरीले लागुऔषधसहित मंगलबार पक्राउ गरेको हो ।

तामाङ कोठामा दराज भित्र जेब्रा झोलामा लुकाई राखिएको अवस्थामा लागूऔषध अनरेक्स १३१ बोतल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त लागूऔषधसहित निज विकास तामाङलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागू औषध मुद्दामा पाँच दिनको म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।




