हेटौँडा, जेठ १४ गते ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज बुधबार आउनेभएको छ ।

बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आवको नीति तथा कार्यक्रम दिउँसो १ बजे प्रदेश सभाको बैठकमा संवोधन गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

मंगलबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको थियो ।




