आगामी आवका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपियाँको बजेट सार्वजनिक

लोकप्रिय

काठमाडौँ, जेठ १५ गते । सरकारले आर्थिक वर्ष २०८२र०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ ।

संघीय संसदको बिहीबार बसेको संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड पुँजीगत तर्फ चार खर्ब सात अर्ब ८९ करोड वित्तीय व्यवस्थापन तर्फ तीन खर्ब ७५ अर्ब २४ करोड रुपियाँ विनियोजन गर्नुभएको हो ।

आगामी आर्थिक वर्षको व्ययको अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा पाँच दशमलव छ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८ दशमलव दुई प्रतिशतले बढी हो ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड रुपियाँ उठाइने अनुमान गरिएको छ ।

बाँकी पाँच खर्ब ९५ अर्ब ६६ अर्ब रुपियाँ बराबर न्यून हुनेछ ।

(यस्तो छ बजेटको पूर्णपाठ):

 

ताजा समाचार

Related Articles